२०८३ बैशाख ३ गते , विहीबार

टिकटकर मिस पवी फेरि चर्चामा

sajilo news
झापा
२०८२ भाद्र ३ गते , मंगलबार
टिकटकर मिस पवी फेरि चर्चामा

टिकटकर मिस पवी फेरि एकपटक चर्चामा छिन् । केही न केही विषयलाई लिएर चर्चामा आइरहने मिस पवी यस पटक चलचित्र ‘माग्ने राजा’का कारण चर्चामा छिन् । उनलाई चलचित्रबाट हटाइएको र पाँच सय पटकसम्म टेक खाएको चर्चा चलेको थियो ।

यसबारेमा निर्देशकले आफूलाई यस्तो विषयबारे जानकारी नभएको बताए । तर, मिस पविले भने निर्देशकले कुनै जानकारी नदिई चलचित्रबाट हटाइएको आरोप लगाउँदै आएकी छिन् । यसबारे उनले दिएको अभिव्यक्ति अहिले भाइरल बनेको छ । ‘जुन फिल्मबाट म बदनाम भएँ, त्यो फिल्म हेर्न जान्न । थुकेको थुक चाट्न मन लाग्दैन’पविले भनिन् ।

उनको यस अभिव्यक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ । धेरैले उनलाई ‘तिमीले फिल्म नहेर्दैमा केही फरक पर्दैन, तीन करोड जनताले हेर्ने फिल्म एक जनाले नहेर्दा हिट नहुन्न भन्ने होइन’ भन्दै आलोचना गरेका छन् । कतिपयले उनलाई अभिनेत्री नभई ‘टिकटकर’मात्र भएको टिप्पणीसमेत गरेका छन् । तर, प्रशंसा होस् वा आलोचना, चलचित्र ‘माग्ने राजा’ नै मिस पवीलाई फेरि चर्चामा ल्याएको भन्नेमा भने दुईमत छैन । यो चलचित्र यही शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ ।

सम्बन्धित समाचार