इरानमा आठ महिनामै ८४१ जनालाई मृत्युदण्ड
इरानमा यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घले शुक्रवार जनाएको छ।संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले सन् २०२५ को पूर्वाद्र्धमा तेहरानमा मृत्युदण्डको सङ्ख्यामा ठूलो वृद्धि भएको जनाएको छ।
प्रवक्ता रविना शमदासानीले जेनेभामा पत्रकारसँग भने, “इरानी अधिकारीहरूले यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिएका छन्।”“पारदर्शिताको अभावका कारण यहाँको वास्तविक अवस्था अझ खराब हुन सक्छ,, उनले भने।”
सन् २०२४ को जुलाईमा मात्रै इरानले कम्तीमा ११० जनालाई मृत्युदण्ड दिएको थियो। सन् २०२४ को जुलाईमा मृत्युदण्ड दिइएको भन्दा यो दुई गुणाले बढी हो।उनले मृत्युदण्ड भएका व्यक्तिहरूमध्ये अधिकांश अफगानी, बलुच, कुर्द र अरब नागरिक रहेको उल्लेख गरे।
बच्चाको अगाडि फाँसी
प्रवक्ताले विशेष गरी इरानमा सार्वजनिक रूपमा मृत्युदण्ड दिइएकोमा आलोचना गरे। मानव अधिकार कार्यालयले यस वर्षको सुरुदेखि हालसम्म यस्ता सातवटा घटनाको अभिलेखीकरण गरेको छ।