२०८३ बैशाख ५ गते , शनिबार
उड्ने वित्तिकै एयर इन्डियाको विमानमा आगोको झिल्को देखिएपछि...
दिल्लीबाट इन्दौर उडेको एयर इन्डियाको विमानमा आगोको झिल्को देखिएपछि दिल्लीमै आकस्मिक अवतरण गरिएको छ। आइतबार बिहान इन्दौर जाँदै गरेको एयर इन्डियाको उडान AI2913 उडान भरेको केही समयपछि आपतकालीन अवस्थामा दिल्ली फर्कनु परेको थियो।
विमान उड्ने वित्तिकै पाइलटले विमानको दायाँ इन्जिनमा आगो लागेको संकेत पाएपछि दिल्ली फर्काएका थिए। विमानमा ९० जना यात्रुहरू रहेको बताइएको छ। एयर इन्डियाका प्रवक्ताले विमानलाई अनुसन्धानको लागि ग्राउन्डेड गरिएको बताएका छन्। यात्रुहरूलाई इन्दौर लैजानको लागि वैकल्पिक विमानको व्यवस्था गरिएको उनको भनाइ छ।
यस घटनाको बारेमा नियामक प्राधिकरणलाई जानकारी गराइएको छ। एयर इन्डियाले यात्रुहरूलाई परेको असुविधाप्रति माफी मागेको छ।