२०८३ बैशाख ८ गते , मंगलबार
मेची पुलमा लागु औषधसहित एक युवक पक्राउ
काँकडभिट्टाको मेची पुलमा प्रतिबन्धित लागु औषधसहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल नजिकै शंका लागी चेकजाँच गर्दा अर्जुनधारा नगरपालिका–२ निवासी २८ वर्षीय प्रकाश योङहाङको साथबाट प्लास्टिक बाहेक २ ग्राम ३२० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा खैरो हेरोइनसहित पक्राउ परेका प्रकाशलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।