२०८३ बैशाख ४ गते , शुक्रबार
इलाका प्रहरी कार्यालय रानीको हिरासतभित्र थुनुवाहरुबीच झडप, एक घाइते
विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको हिरासत कक्षभित्र थुनुवाहरुबीच झडप भएको छ । गएराति साढे ९ बजे विराटनगर १४ स्थित इलाका प्रहरी कार्यालय रानीको हिरासत कक्षभित्र थुनुवाहरुबीच झडप भएको हो ।
झडपमा चोरी मुद्दाको अनुसन्धानको सिलसिलामा रहेका विराटनगर-१५ बस्ने २४ वर्षीय विजयकुमार साह घाइते भएका छन् । उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । उपचारपश्चात् उनलाई पुनः इलाका प्रहरी कार्यालय रानीमा ल्याई राखिएको छ । अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।