२०८३ बैशाख ४ गते , शुक्रबार

१९ को मृत्युपछि पनि सामाजिक सञ्जालको प्रतिबन्ध नखोल्ने प्रधानमन्त्री ओलीको अडान

sajilo news
काठमाडौं
२०८२ भाद्र २३ गते , सोमबार
१९ को मृत्युपछि पनि सामाजिक सञ्जालको प्रतिबन्ध नखोल्ने प्रधानमन्त्री ओलीको अडान

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जाल खोल्न नसकिने अडान लिएका छन्। मन्त्रिपरिषद् बैठकमा उनले सूचीकरण नभएसम्म सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नखोल्ने अडान राखेका एक मन्त्रीले जानकारी दिए।

हिंसात्मक प्रदर्शनमा १९ जनाकाे मृत्यु र सत्ताधारीसहित विभिन्न दलको अनुरोधपछि पनि प्रधानमन्त्री ओलीले आफ्नो अडान कायम राखिरहेका हुन्। यसअघि नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि सभापति शेरबहादुर देउवाले फोन गरेरै प्रतिबन्ध खोल्न प्रधानमन्त्री ओलीलाई दवाब दिएका थिए।

तर प्रधानमन्त्री ओलीले तत्काल प्रतिबन्ध हटाउन नसकिने जवाफ दिएका ती मन्त्रीले बताए। त्यसपछि देउवा र ओलीबीच पुन: वार्ता भइरहेको बताइएको छ।

सम्बन्धित समाचार