२०८३ बैशाख ४ गते , शुक्रबार
कास्की कारागारबाट ७७४ बढी र तुलसीपुर कारागारका १२४ कैदी भागे
कास्की कारागारबाट ७ सय ७४ बढी कैदीबन्दी फरार भएका छन् । जेनजी प्रदर्शनकारी कारागारमा प्रवेश गरेसँगै कैदी फरार भएका हुन् । मंगलबार जेनजी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् ।
त्यस्तै तुलसीपुर कारागारका एक सय २४ कैदी जेल तोडेर भागेका छन्। मंगलबार बेलुकी पाँच बजेतिर कारागारको मुल गेटको पर्खाल तोडेर उनीहरू भागेको कारागारका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए।