२०८३ बैशाख ४ गते , शुक्रबार

मोरङमा कैदीबन्दी भगाउन पुग्यो एउटा समूह, प्रहरीले गर्‍यो हवाई फायर

sajilo news
मोरङ
२०८२ भाद्र २५ गते , बुधबार
मोरङमा कैदीबन्दी भगाउन पुग्यो एउटा समूह, प्रहरीले गर्‍यो हवाई फायर

विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङका कैदीबन्दी छुटाउने योजनासहित पुगेको समूहलाई प्रहरीले हवाई फायर गरेर तितरबितर पारेको छ । 

कारागारको मुख्य गेटमा करिब २–३ सयको संख्या पुगेकाहरुले नाराबाजी गर्दै कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग राखेका थिए । कारागार बाहिर प्रदर्शन हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । 

प्रहरीले करिब १५ राउण्डभन्दा बढी हवाई फायर गरेको छ । हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भिड तितरबितर भएको छ । कारागारको सुरक्षाका लागि डीएसपीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट टोली परिचालन गरिएको छ । कारागारको सुरक्षाका लागि सशस्त्र प्रहरीसमेत परिचालित छ ।

सम्बन्धित समाचार