२०८३ बैशाख ४ गते , शुक्रबार
नेपाली सेनाद्वारा ७३ नाल हतियार बरामद, थप चार जना पक्राउ
नेपाली सेनाले हालसम्म ७३ नाल हतियार बरामद भएको जानकारी दिएको छ। पछिल्लो ५ बजेको अपडेटअनुसार नेपाली सेनाको टोलीले विभिन्न क्षेत्रबाट ७३ नाल हतियार बरामद गरेको हो।
त्यस्तै सेनाले महाराजगञ्ज क्षेत्रमा लुटपाट गर्ने ४ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ७ नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, व्युनेटलगायतका एसेसरिजहरु तथा व्यक्तिगत सामाग्रीहरू बरामद गरेको सेनाले जनाएको छ।