२०८३ बैशाख ४ गते , शुक्रबार

सेनाले कमान्ड सम्हालेपछि झापाको जनजीवन सामान्य बन्दै

sajilo news
झापा
२०८२ भाद्र २५ गते , बुधबार
सेनाले कमान्ड सम्हालेपछि झापाको जनजीवन सामान्य बन्दै

नेपाली सेनासहितको सुरक्षा फौज शान्ति सुरक्षा कायम गराउन मङ्गलबार रातिदेखि परिचालित भएपछि झापाको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ । अरिदमन गण चारआलीबाट खटिएको नेपाली सेनाको सुरक्षा फौजले सुरक्षा गस्ती बढाएसँगै झापाको जनजीवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनका अनुसार आज बिहानैदेखि नेपाली सेनाले सडकमा निस्किएर अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन ‘माइकिङ’ गर्दै सुरक्षा गस्ती बढाएको हो ।

सदरमुकाम चन्द्रगढीसहित जिल्लाका मुख्यमुख्य ठाउँमा नेपाली सेनाको सुरक्षा गस्तीले माइकिङ गर्दै बिनाकारण हिँड्डुल गर्नेलाई घर फर्काइरहेको प्रजिअ अधिकारीले बताए । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा आवतजावत गर्न छुट दिइएको उनले जानकारी दिए। मङ्गलबार प्रदर्शनकारीले झापाका दर्जनौं सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालयसहित राजनीतिक नेतृत्वका घरमा तोडफोड र आगजनी गरेपछि तनावग्रस्त बनेको यहाँको जनजीवन नेपाली सेनाले सुरक्षा गस्ती बढाएसँगै बन्दै गएको हो ।

सम्बन्धित समाचार