२०८३ बैशाख ४ गते , शुक्रबार

मेचीनगरमा श्रीमतीसँग लाग्ने युवकको चक्कु प्रहरी गरी हत्या, श्रीमानले गरे आत्मसमर्पण

sajilo news
झापा
२०८२ भाद्र २६ गते , विहीबार
मेचीनगरमा श्रीमतीसँग लाग्ने युवकको चक्कु प्रहरी गरी हत्या, श्रीमानले गरे आत्मसमर्पण

झापाको मेचीनगरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ । मेचीनगर नगरपालिका-७ स्थित गैरीगाउँ निवासी ५० वर्षीय नारायण ज्ञवालीले आफ्नै घरमा मेचीनगर-१४ दुवागढीका ४० वर्षीय मोहम्मद फौमोदिनलाई चक्कु प्रहार गरी हत्या गरेका हुन् । फौमोदिनलाई कोठाभित्र आफ्नै श्रीमतीसँग देखेपछि श्रीमान् ज्ञवालीले उनीमाथि चक्कु प्रहार गरेका थिए । पेट, ढाड र शरीरको विभिन्न भागमा चक्कु प्रहार गर्दा फौमोदिनको घटनास्थलमा नै मृत्यु भएको थियो । 

घटना पश्चात् ज्ञवालीले इलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रहरी टोली समक्ष आत्मसमर्पण गरेका छन् । ज्ञवाली र उनकी श्रीमती सुजता ज्ञवालीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार