२०८३ बैशाख ४ गते , शुक्रबार

मोरङमा निषेधाज्ञा, टोल-टोलमा सेनाको गस्ती

sajilo news
रासस
२०८२ भाद्र २६ गते , विहीबार
मोरङमा निषेधाज्ञा, टोल-टोलमा सेनाको गस्ती

विराटनगर । शान्ति सुरक्षाको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय मोरङले आज दिनभरि जिल्लामा निषेधाज्ञा आदेश भएको सूचना जारी गरेको छ ।

आदेशमा आज बेलुका ६ः०० बजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्म कर्फ्यू आदेश निरन्तर रहेको जनाइएको छ । मोरङमा यही भदौ २४ गदेदखि नै निषेधाज्ञा र पछि कर्फ्यू आदेश जारी गर्दै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

पछिल्लो समयमा मोरङमा थप कुनै अप्रिय घटना नभएको प्रजिअ यादवले जानकारी दिए । शान्ति सुरक्षाका लागि नेपाली सेनाले सडक तथा टोल टोलमा गस्ती गरिरहेका छन् । 

सम्बन्धित समाचार