२०८३ बैशाख ४ गते , शुक्रबार
प्रदर्शनकारीहरूले झापामा ९२ थुनुवा भगाएको प्रहरीको पुष्टि
झापाका विभिन्न प्रहरी कार्यालयहरूबाट ९२ जना थुनुवा भागेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, इलाका प्रहरी कार्यालय अनारमनीबाट ३६ जना र इलाका प्रहरी कार्यालय झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवा भागेको प्रहरी प्रवक्ता तथा डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।
भदौ २४ गते भएको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले प्रहरी कार्यालयहरूमा आक्रमण गर्दै गम्भीर, जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भई अनुसन्धानमा रहेका थुनुवाहरूलाई भगाएको उनले बताए । भागेका थुनुवाहरूको खोजीका लागि प्रशासनले सेनासँग सहयोग मागेको बुझिएको छ ।