२०८३ बैशाख ४ गते , शुक्रबार

झापाको जुकेखाडीमा एकजनाको हत्या

sajilo news
झापा
२०८२ भाद्र २७ गते , शुक्रबार
झापाको जुकेखाडीमा एकजनाको हत्या

झापा जुकेखाडीमा एकजनाको हत्या भएको छ । गएराति करिब १२ बजे दुर्गापुर– दानावारि सडक खण्ड अन्तर्गत जुकेखाडीस्थित बाटोमा हत्या गरेको अवस्थामा एकजनाको शव फेला परेको हो । सो शव अर्जुनधारा नगरपालिका-३ जुकेखाडी निवासी कोशी भनेर चिनिने विजय लिम्बूको भएको बताइएको छ । टाउकोमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको छ ।

मृतकको शव बाटोमै रहेको छ । घटनाबारे जानकारी प्राप्त भएको र आज बिहान प्रहरी टोली जान लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार