२०८३ बैशाख ४ गते , शुक्रबार

भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला

sajilo news
सुनसरी
२०८२ भाद्र २७ गते , शुक्रबार
भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला

भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ । जेनजीको आन्दोलनका क्रममा मंगलबार अराजक समूहले आगजनीमा परी चार जनाको मृत्यु भएको हो । शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छैन । उनका अनुसार भेटिएको शव आगलागी भएको भाटभटेनीमा लुटपाट गर्न गएकाहरुको रहेको आशंका छ। शव पूर्णरूपमा जलेका कारण लिंग छुट्टिएको छैन ।

सम्बन्धित समाचार