२०८३ बैशाख ३ गते , विहीबार

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, नेपालमा यथावत

sajilo news
झापा
२०८२ भाद्र ३० गते , सोमबार
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, नेपालमा यथावत

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)बाट मूल्य बढेर आएको भए पनि निगमले मूल्यलाई यथावत् राखेको हो। 

आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँ ४६ पैसाले बढेर आएको थियो। 

चाडबाड नजिकिएको र देशको विषम परिस्थितिका कारण मूल्य यथावत् राखिएको निगमले जनाएको छ। काठमाडौंमा हाल पेट्रोल प्रतिलिटर १६१ र डिजेल तथा मट्टीतेल १४५ रुपैयाँ कायम छ। 

सम्बन्धित समाचार