२०८३ बैशाख ४ गते , शुक्रबार

युएईलाई हराउँदै पाकिस्तान एसिया कपको सुपर फोरमा

sajilo news
एजेन्सी
२०८२ आश्विन २ गते , विहीबार
युएईलाई हराउँदै पाकिस्तान एसिया कपको सुपर फोरमा

एसिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो। 

जवाफमा युएईले १७ दशमलव ४ ओभरमा केवल १०५ रन मात्र बनाउन सक्यो र अलआउट भयो।पाकिस्तानका फखर जमानले ५०, शाहीन अफ्रिदीले २९ रन बनाए। युएईका जुनैद सिद्दिकीले चार विकेट लिए भने राहुल चोप्राले ३५ रन बनाए। जितसँगै पाकिस्तानले सुपर ४ मा नै  स्थान पक्का गरेको छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको भारत शीर्ष स्थानमा छ।

यो समूहको अन्तिम खेलमा ओमानले भारतको सामना गर्नेछ। समूह ‘ए’मा भारत चार अंकसहित शीर्ष स्थानमा छ भने समान अंक रहेको पाकिस्तान दोस्रो स्थानमा छ। प्रतियोगिता अन्तरगत आज श्रीलंका र अफगानिस्तान आमनेसामने हुनेछन्।

 

सम्बन्धित समाचार