२०८३ बैशाख ४ गते , शुक्रबार

झापा गाउँपालिकामा बाटोमा लडिरहेको एक व्यक्ति मृत फेला

sajilo news
झापा
२०८२ आश्विन २ गते , विहीबार
झापा गाउँपालिकामा बाटोमा लडिरहेको एक व्यक्ति मृत फेला

झापा गाउँपालिकामा एक व्यक्ति बाटोमा लडिरहेको अवस्थामा मृत फेला परेका छन् । आज बिहान झापा–६ स्थित चन्द्रबस्तीमा सोही ठाउँका अन्दाजी ४२ वर्षीय रवि सोरेन बाटोमा लडिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

मादक पदार्थ सेवन गरेर बाटोमा सुतेका उनको सुतेकै ठाउँमा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। उनको शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार