२०८३ बैशाख ४ गते , शुक्रबार
कुखुरा फर्ममा चारो हाल्ने क्रममा लडेर मेचीनगरका फुयाँलको मृत्यु
बिर्तामोडको भाटभटेनी ह्याचरी इन्डस्ट्रीमा चारो हाल्ने क्रममा लडेर एक कामदारको मृत्यु भएको छ । हिजो बिहान ६ बजे बिर्तामोड– २ चारपानेस्थित भाटभटेनी ह्याचरी इन्डस्ट्रीमा काम गर्ने मेचीनगर-६ बस्ने ६० वर्षीय ज्ञानमणि फुयाँल कुखुरा फर्ममा चारो हाल्ने क्रममा अचानक लडेका थिए ।
लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया गरेको थियो । मृतक मृगीको बिरामी भएको बुझिएको छ ।