२०८३ बैशाख ३ गते , विहीबार

यस्तो छ विभिन्न देशका लागि दशैँको टीका लगाउने साइत

sajilo news
झापा
२०८२ आश्विन ४ गते , शनिबार
यस्तो छ विभिन्न देशका लागि दशैँको टीका लगाउने साइत

अन्ताराष्ट्रिय पञ्चांग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।

समितिको आज बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए।

विभिन्न देशमा बसोवास गर्ने सनातन हिन्दू धर्मावलम्बीबाट दशैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीय समयानुसार शुभ साइत सार्वजनिक गरिएको उनले बताए।

समितिले नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे, भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११:४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११:२५, फ्र्याङ्कफर्ट केन्टुकी अमेरिकाका लागि बिहान ११:५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११:०५, टेक्ससका लागि अक्टोबर ११:३३, वासिङटन डिसीका लागि ११:३५, क्यालिफोर्नियाका लागि बिहान ११:११, कोलोराडोका लागि ११:२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा.डा. माधव भट्टराईले जानकारी दिए। यसैगरी टोरन्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११:५५, भ्यानकुभरका लागि ११:३३ बजेको साइत रहेको छ।

टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११:३१, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११:४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११:१९, ब्रिसबेन अष्ट्रेलियाका लागि बिहान ११:५३, एडिलेटका लागि ११:३५, क्यानबेराका लागि ११:५१, तास्मानियाका लागि ११:४५, पर्थका लागि ११:२५ र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११:४७ बजे र बेलिङटन न्यूजिल्यान्डका लागि बिहान ११:२३ को साइत शुभ रहेको छ।

यसैगरी लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९:२३, लण्डन बेलायतका लागि बिहान ०९;१७, पेरिस, फ्रान्सका लागि बिहान ०९:५७, नर्वेको ओस्लोका लागि बिहान १०:०३, क्वालालम्पुर मलेशियाका लागि बिहान ११:११, अबुधावी युएईका लागि बिहान १०:५५, दोहा कतारका लागि बिहान १०:१३, बैंकक थाइल्याण्डका लागि बिहान १०:४५, सियोल दक्षिण कोरियाका लागि बिहान १०:५७, तेल अभिभ इजरायलका लागि बिहान ११:३५, सिङ्गापुरका लागि बिहान ११:०९, हङकङका लागि बिहान ११:४५, साउदी अरेबियाका लागि बिहान १०:५५, म्यान्माका लागि बिहान १०:२७, स्वीजरल्याण्डका लागि बिहान १०:२५ र माल्टाका लागि बिहान १०:५५ बजेको साइत स्थानीय समयानुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए।

सम्बन्धित समाचार