२०८३ बैशाख ४ गते , शुक्रबार

तीन दिनदेखि हराइरहेका झापाका ऋषिदेव धान खेतमा मृत फेला

sajilo news
झापा
२०८२ आश्विन ५ गते , आईतबार
तीन दिनदेखि हराइरहेका झापाका ऋषिदेव धान खेतमा मृत फेला

तीन दिनदेखि हराइरहेका झापा गौरादहका एक व्यक्ति धान खेतमा मृत फेला परेका छन् ।

गौरादह नगरपालिका –८ जुरोपानी बस्ने ६५ वर्षीय सजनलाल ऋषिदेव शनिबार बिहान ११.३० बजेतिर स्थानीय टेपु राजवंशीको धान खेतमा घोप्टो परी मृत अवस्थामा फेला परेका हुन् ।

उनी भदौ १ गते कोही कसैलाई नसोधी घरबाट हिँडेका थिए । उनकी श्रीमती घुसो ऋषिदेवले भदौ ३ गते इलाका प्रहरी कार्यालय गौरीगंजमा हुलियासहितको निवेदन दिएकी थिइन् ।सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी ऋषिदेवको शव पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार