२०८३ बैशाख ४ गते , शुक्रबार

जेनजी आन्दोलन घटना छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

sajilo news
झापा
२०८२ आश्विन ५ गते , आईतबार
जेनजी आन्दोलन घटना छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको हो।

समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। समितिलाई ३ महिनाको समय दिइएको गृहमन्त्री ओमप्रकाश शर्माले जानकारी दिए।

जेनजी आन्दोलनका क्रममा सरकारका तर्फबाट अत्यधिक बल प्रयोग गरी भीषण हत्या भएको थियो। उक्त दमनको विरोधमा भोलिपल्ट देशभर तोडफोड र आगजनी भएको थियो।

सम्बन्धित समाचार