२०८३ बैशाख ३ गते , विहीबार

मेची भन्सारको यात्रु शाखा सञ्चालनमा, काँकडभिट्टाबाट प्रवेश गर्न थाल्यो भारतीय गाडी

sajilo news
झापा
२०८२ आश्विन ७ गते , मंगलबार
मेची भन्सारको यात्रु शाखा सञ्चालनमा, काँकडभिट्टाबाट प्रवेश गर्न थाल्यो भारतीय गाडी

पूर्वी नाका काँकडभिट्टाको यात्रु शाखा सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनका क्रममा मेची भन्सार कार्यालयमा तोडफोड र आगजनी भएपछि सो शाखा बन्द रहेको थियो । यात्रु शाखा बन्द रहेसँगै भारतीय सवारीसाधन नेपाल प्रवेशमा रोक लगाइएको थियो । दसैँलाई लक्षित गरेर १५ दिनदेखि बन्द रहेको यात्रु शाखा सञ्चालनमा आएसँर्गै भारतीय पर्यटकको आवागमन बढ्न थालेको छ । 

प्रमुख मेची भन्सार अधिकृत हरिहर पौडेलका अनुसार यात्रु शाखा बन्दपछि व्यापार व्यवसायमा त्यसको प्रत्यक्ष असर परेको हुँदा भन्सारले आइतबारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो । एक हप्ताअघि भन्सारले नेपालमा भएको विषम परिस्थितिका कारण यात्रु शाखा सञ्चालन गर्न नसकिएको सूचना जारी गरेको थियो । यात्रु शाखा सञ्चालनमा आएसँगै भारतीय सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन् ।
जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते मेची भन्सार कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । चाडपर्व नजिकिएका कारण भन्सारले आयात निर्यातमा सजिलो बनाउने सेवा सुरु गरेको जनाएको छ ।

सम्बन्धित समाचार