२०८३ बैशाख ४ गते , शुक्रबार

मेची पुलमा लागू औषधसहित दुईजना पक्राउ

sajilo news
झापा
२०८२ आश्विन ८ गते , बुधबार
मेची पुलमा लागू औषधसहित दुईजना पक्राउ

झापामा लागू औषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अर्जुनधारा-११ बस्ने वर्ष २६ का वीरेन्द्र लिङ्देन र दमक- १ बस्ने वर्ष ३३ का हर्कबहादुर कुमाल रहेका छन् । हिजो साँझ ६;३० बजे मेचीनगर- ६ स्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा आउँदै गरेका लिङ्देनलाई शंका लागेर शरीर तलासी लिँदा उनको साथबाट १ग्राम ३३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

त्यस्तै हिजो दिउँसो ४ः२० बजे दमक – ६ स्थित बसपार्कमा कुमाललाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लास्टिकबाहेक २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार