२०८३ बैशाख ४ गते , शुक्रबार
मेचीनगरमा तोडफोड र आगजनी घटनामा संलग्न पाँच जना पक्राउ
भदौ २४ गते जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा मेचीनगरमा पाँच जना पक्राउ परेका छन् ।
जेनजी आन्दोलनका क्रममा तोडफोड , आगजनी र लुटपाटमा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तीन वटा जाहेरी परेको छ । त्यसकै आधारमा पाँच जनालाई पक्राउ गरिएको डीएसपी राजन लामाले जानकारी दिए । अन्यको खोजी भइरहेको छ । व्यक्तिगत सम्पत्तिसँगै वडा कार्यालयहरूमा भएको तोडफोड र आगजनीका बारेमा जाहेरी परेको जनाइएको छ ।
मेचीनगरका ९ जनाविरुद्ध झापा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । आन्दोलनको भीड प्रयोग गरी विभिन्न ठाउँमा तोडफोड र आगजनी गराउन उक्साएको आरोपमा उनीहरुविरुद्ध किटानी जाहेरी परेको डीएसपी लामाले पुष्टि गरेका छन् ।