२०८३ बैशाख ४ गते , शुक्रबार

अर्जुनधाराका वडाध्यक्ष उप्रेतीको पुत्ला दहन

sajilo news
झापा
२०८२ आश्विन ९ गते , विहीबार
अर्जुनधाराका वडाध्यक्ष उप्रेतीको पुत्ला दहन

झापा अर्जुनधारा –८ का वडाध्यक्ष कुमार उप्रेतीको पुत्ला दहन गर्दै सार्वजनिक रुपमा माफी माग्न चेतावनी दिइएको छ । आज साँझ अर्जुनधारा –८ स्थित शनिश्चरे चोकमा लंका रिसोर्टका सञ्चालक उत्सव ढकालको नेतृत्वमा करिब ५० जना स्थानीय युवाहरूको उपस्थितिमा अर्जुनधारा–८ का वडाध्यक्ष उप्रेतीको पुत्ला दहन गरिएको हो ।

उनले भदौ २४ गते जेनजी आन्दोलनको क्रममा अर्जुनधारा नगरपालिकाका विभिन्न वडा कार्यालयहरूमा भएको तोडफोड तथा आगजनीमा व्यवसायी उत्सव ढकालको संलग्नता रहेको भन्ने आरोप लगाएका थिए ।

त्यसको विरोधमा उनको पुत्ला दहन गरिएको हो । व्यवसायी ढकालले फेसबुकमा लाइभमा बोल्दै भने, अर्जुनधाराका केही  युवाहरूलाई वडाध्यक्ष उप्रेतीले अपहरण गरी ज्यान मार्ने धम्की दिएर मेरो नाम बोल्न लगाएको रहेछ । वडाध्यक्षले यस्तो गरेको भनी जानकारी गराएपछि त्यसको प्रतिकारमा युवाहरू सडकमा उत्रिएको उनले बोलेका छन् । 

सम्बन्धित समाचार