२०८३ बैशाख ४ गते , शुक्रबार

झापाको बुद्धशान्तिमा एक व्यक्ति मृत फेला

sajilo news
झापा
२०८२ आश्विन १० गते , शुक्रबार
झापाको बुद्धशान्तिमा एक व्यक्ति मृत फेला

झापाको बुद्धशान्तिमा एक व्यक्ति मृत फेला परेका छन् । आज साँझ ६ बजे बुद्धशान्ति-३ स्थित खुल्ला चौरमा बुधबारेकी कृष्णमाया सङ्ग्रौलाको घरमा डेरा गरी बस्ने अन्दाजी वर्ष ५२ का टुनु साह घोप्टो परी मृत अवस्थामा फेला परेका हुन् । उनको मृत्युको कारण खुलिसकेको छैन । स्थानीयहरूको भनाई अनुसार उनी विगतदेखि नै अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको छ ।

थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको कमान्डमा टोली खटिएर शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार