२०८३ बैशाख ४ गते , शुक्रबार

दमकको ब्रोडवे क्याफेमा लफडा, रड र बियरको बोतल प्रहार गर्दा एक घाइते

sajilo news
झापा
२०८२ आश्विन ११ गते , शनिबार
दमकको ब्रोडवे क्याफेमा लफडा, रड र बियरको बोतल प्रहार गर्दा एक घाइते

झापाको दमकमा रहेको ब्रोडवे क्याफेमा लफडा भएको छ । गएराति अन्दाजी ९ बजे ब्रोडवे क्याफेमा दमक –५ बस्ने ३१ वर्षीय सुवास तामाङलाई एउटा ग्याङले आक्रमण गरेको हो । उनीमाथि दमक –८ बस्ने वर्ष अन्दाजी ३४/३५ का सुमन शाही, सोही ठाउँ बस्ने कोब्रा भनेर चिनिने वर्ष अन्दाजी ३३/३४ का मुर्सिदका छोरा, गौरादह घर भएका वर्ष अन्दाजी ३०/३२ का मन्त्री भनेर चिनिने लगायत १५/१६ जना युवाहरूले एक्कासि लाठी, रड, बियरको बोतल प्रहार गरेका थिए । तामाङलाई कुटपिट गरी उनीहरू फरार भएका छन् ।

घाइतेलाई तत्काल निम्स अस्पताल दमकमा लगी उपचार भइरहेको छ । उनको अवस्था बोल्न सक्ने मध्यम रहेको छ । आज बिहान अस्पतालले घटनाबारे खबर गरेपछि इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर कुटपिट गर्नेहरूको खोजतलास भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार