२०८३ बैशाख ४ गते , शुक्रबार

झापाको कोटीहोममा बेवारिसे शव फेला

sajilo news
झापा
२०८२ आश्विन ११ गते , शनिबार
झापाको कोटीहोममा बेवारिसे शव फेला

झापाको कोटीहोममा बेवारिसे शव फेला परेको छ । आज साँझ ६ बजे कनकाई नगरपालिका-४ कोटीहोमस्थित बाटोको छेउमा शिवसताक्षी नगरपालिका-२ बस्ने बर्ष ६४ को मित्र बहादुर लिम्बुको शव फेला परेको हो । तत्काल नाम थर वतन नखुलेको लिम्बु उत्तानो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ । थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार