२०८३ बैशाख ४ गते , शुक्रबार

झापाको गौरीगंजमा ब्राउन सुगरसहित दुईजना पक्राउ

sajilo news
झापा
२०८२ आश्विन २१ गते , मंगलबार
झापाको गौरीगंजमा ब्राउन सुगरसहित दुईजना पक्राउ

झापाको गौरीगंजमा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।

हिजो दिउँसो २ बजे गौरीगंज गाउँपालिका-२ बाहुन टोलमा दक्षिण पिण्डलघुटुबाट उत्तर तुलाचन चौकतर्फ आउँदै गरेको मे ३ प ३५४० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कोरोबारीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा पछाडि सवार दमक नगरपालिका-८ प्रगति टोल बस्ने २३ वर्षीय चन्दन रायको साथबाट प्लास्टिकबाहेक १५ ग्राम, ५१० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

रायसँगै मोटरसाइकल चालक मोरङ रतुवामाई- ३ महादेवा बस्ने ३४ वर्षीय विमल कामत समेतलाई नियन्त्रणमा लिई दुवैलाई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको छ ।

सम्बन्धित समाचार