बिर्तामोडमा जुवा खेल्दै गर्दा ११ जना पक्राउ
झापाको बिर्तामोडमा जुवा खेल्दै गर्दा पक्राउ पर्ने जुवाडेहरूको नाम प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड-८ बस्ने वर्ष ३५ का कालीप्रसाद राजवंशी, सोही ठाउँ बस्ने वर्ष ५३ का भानु दाहाल, वर्ष ४६ का राजन भट्टराई, वर्ष ३१ का दिलीपप्रसाद राजवंशी, वर्ष ५० का ओमनाथ उप्रेती, वर्ष २५ का नीरज रोक्का, वर्ष २९ का मनिष पौडेल, वर्ष ३५ का कुबेर मैनाली, वर्ष २६ का मनोज पौडेल , वर्ष ३७ का स्वस्तिक ओली र वर्ष ३० का प्रितम उप्रेती रहेका छन् ।
राति १० बजे बिर्तामोड-८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा जुवाजन्य तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले घरधनी उप्रेतीसहितलाई जुवाजन्य तास खेलिरहेको अवस्थामा एक बुङ तास, नगद २ लाख १५ हजार ५५० रुपैयाँ र ९ थान मोबाइलसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।