२०८३ बैशाख ४ गते , शुक्रबार

सुनसरीमा सफारी चालकको गोली हानी हत्या

sajilo news
सुनसरी
२०८२ आश्विन २६ गते , आईतबार
सुनसरीमा सफारी चालकको गोली हानी हत्या

सुनसरीको रामधुनी नगरपालिका-२ मा एक व्यक्तिको गोली हानी हत्या भएको छ। रामधुनी नगरपालिका–२ स्थित कर्मन्या टोलको भित्री सडकमा शनिबार साँझ स्थानीय अन्दाजी ४७ वर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ।

मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा सवार युवाहरूको समूहले गोली प्रहार गरेर भागेको स्थानीयले बताएका छन्। गोली लागेर घाइते उनको केही बेरमै घटनास्थलमै मृत्यु भएको हो। गोली प्रहार गरी फरार भएका समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार