२०८३ बैशाख ४ गते , शुक्रबार

प्रहरी कार्यालय झापाका डीएसपी खड्कालाई 'उत्कृष्ट प्रहरी कार्य' पुरस्कार प्रदान

sajilo news
झापा
२०८२ आश्विन ३१ गते , शुक्रबार
प्रहरी कार्यालय झापाका डीएसपी खड्कालाई 'उत्कृष्ट प्रहरी कार्य' पुरस्कार प्रदान

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) खगेन्द्रबहादुर खड्कालाई “उत्कृष्ट प्रहरी कार्य” पुरस्कार प्रदान गरिएको छ । ७० औ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय काठमाण्डौमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले राष्ट्र र नागरिक सेवामा समर्पित भई प्रभावकारी प्रहरी सेवा तथा शान्ति सुरक्षा कायम गर्न देखाएको उच्च प्रदर्शन, अनुशासन, व्यावसायिक दक्षता र निरन्तर अठोटका लागि खड्कालाई सो पुरस्कार प्रदान गरेका हुन् । बन्द, हडताल, जुलुस, विरोध कार्यक्रम नियन्त्रणमा डीएसपी खड्काले प्रभावकारी भूमिका निर्वाह गरेवापत् सो पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार