२०८३ बैशाख ४ गते , शुक्रबार

झापामा ब्राउन सुगर कारोबारी नगद र सुनसहित पक्राउ

sajilo news
झापा
२०८२ कार्तिक ३ गते , सोमबार
झापामा ब्राउन सुगर कारोबारी नगद र सुनसहित पक्राउ

ठूलो मात्रामा अवैध रकम र सुनसहित एक जना लागूऔषध कारोबारी झापाको काँकडभिट्टामा पक्राउ परेका छन् । हिजो दिउँसो १२ः२० बजे मेचीनगर – ६ मेची पुलमा सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपानेको कमान्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दोलखा गौरीशंकर गाउँपालिका –३ बस्ने ६७ वर्षीय नङ्गबहादुर बस्नेतलाई ठूलो मात्रामा ब्राउन सुगर, अवैध रकम र सुनसहित पक्राउ गरेको हो ।

उनको साथबाट अवैध नेपाली रुपैयाँ १० लाख ५१ हजार १२०, १९ लाख ६९ हजार ३०८ रुपैयाँ मूल्य पर्ने ९० ग्राम ५४० मिलिग्राम सुन र प्लास्टिकबाहेक ४० ग्राम १८० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । थप अनुसन्धान तथा कारवाईको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाले बरामद सामान, नगद, लागूऔषधसहित बस्नेतलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

सम्बन्धित समाचार