२०८३ बैशाख ४ गते , शुक्रबार
अर्जुनधारामा लाखौँको सुन र नगद चोरी
झापाको अर्जुनधारामा पूजा कोठामा लक्ष्मी पूजा गर्न राखिएको लाखौँको सुन र नगद चोरी भएको छ । हिजो बिहानको राति २ः३० बजे अर्जुनधारा –६ बिहानी टोल बस्ने रमेश काफ्लेको पक्की दुई तले घरको माथिल्लो तलाबाट चोर पसी तल्लो तलामा रहेको पूजा कोठामा लक्ष्मी पूजा गर्न राखिएको करिब तीन तोलाको सुनको छड्के तिलहरी, चुरा, औँठी, झुम्का र पूजा गर्न राखिएको नगद ५ हजार गरी करिब ७ लाख ५ हजार बराबरको सामान चोरी भएको हो ।
सेतो धर्के सर्ट लगाएका वर्ष अन्दाजी २५ का युवक घरभित्र पसेको बताइएको छ । इलाका प्रहरी कार्यालय अनारमनिबाट प्रहरी टोली खटिएर थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।