२०८३ बैशाख ४ गते , शुक्रबार

बिर्तामोडमा बाँसले हिर्काइ एक युवकको हत्या

sajilo news
झापा
२०८२ कार्तिक ५ गते , बुधबार
बिर्तामोडमा बाँसले हिर्काइ एक युवकको हत्या

झापाको बिर्तामोडमा बाँसले हिर्काइ एक युवकको हत्या गरिएको छ । बिर्तामोड नगरपालिका–५ कञ्चनजङ्घा एफएम छेउ आज साँझ साढे ६ बजेतिर स्थानीय ३२ वर्षीय जोगेन राजवंशीलाई अपरिचित दुई युवाले कन्चटमा बाँसले हिर्काइ हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडदेखि करिब ५ सय मिटर दक्षिणमा भएको घटनामा बाँस प्रहारबाट ढलेका घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।  घटनाको जानकारी पाए लगत्तै प्रहरी टोली खटिएर घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार