२०८३ बैशाख ४ गते , शुक्रबार
बिर्तामोडमा राजवंशीको हत्यामा गर्ने चौधरी पक्राउ
झापा बिर्तामोड नगरपालिका-५ का ३० वर्षीय जगण राजवंशीको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् । आज बिहानको राति २:१५ बजे बिर्तामोड ५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवसताक्षी – ७ व्याङडाँडाबाट पक्राउ गरिएको हो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको छ । हिजो साँझ ६ः३० बजे झैझगडा हुँदा चौधरीले राजवंशीको कन्चटमा बाँस प्रहार गरेका थिए ।
घटनास्थलमै ढलेका राजवंशीलाई आफन्तले उपचारका लागि बीएण्डसी अस्पताल ल्याइपुर्याउँदा उनको मृत्यु भइसकेको थियो । उनी आफ्ना दाइँसँग ग्रिलको काम गर्दै आएका थिए ।