२०८३ बैशाख ४ गते , शुक्रबार

लुटिएको गोलीसहित झापाका मगर र बर्दियाका गिरी पक्राउ

sajilo news
काठमाडौं
२०८२ कार्तिक ८ गते , शनिबार
लुटिएको गोलीसहित झापाका मगर र बर्दियाका गिरी पक्राउ

प्रहरीले काठमाडौंको नरेफाँटबाट भदौ २४ गते लुटिएको पेस्तोलको गोलीसहित २ किशोरलाई गोलीसहित पक्राउ गरेको छ। शुक्रबार नरेफाँटबाट बर्दियाको बढैया गाउँपालिका-३ का १७ वर्षीय अनिश गिरी र झापाको झिलझिलेका १६ वर्षीय सोनम थापा मगर पक्राउ परेका हुन्। 

गिरीसँग सोधपुछका क्रममा भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली लाजिम्पाटबाट लुकाएर राखेको अवस्थामा फेला परेको हो। उनको डेराबाट ३११-२३ लेखिएको पेस्तोलका ३ थान गोली फेला परेको छ। गिरीसँगको बयानका आधारमा थापा मगरसँग पनि गोली रहेको खुलेको हो।

थापा मगरको काठमाडौँ महानगरपालिका मालिगाउँ आनन्द भैरव मार्गस्थित रहेको डेरा कोठा खानतलासी गर्दा ३११-२३ लेखिएको पेस्तोलको गोली २ थान, छालाको पेटी वेल्टको बक्कल एक सेट फेला पारी बरामद गरिएको प्रहरीको भनाई छ।उनीहरुलाई जरुरी पक्राउ पुर्जी दिई थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको छ।

सम्बन्धित समाचार