२०८३ बैशाख ४ गते , शुक्रबार

झापाका छठ पूजा स्थलहरुमा सेनासहितको सुरक्षा फौज तैनाथ 

sajilo news
झापा
२०८२ कार्तिक १० गते , सोमबार
झापाका छठ पूजा स्थलहरुमा सेनासहितको सुरक्षा फौज तैनाथ 

विगत एक सातादेखि जिल्लाका मुख्य बजारहरूमा परिचालित संयुक्त सुरक्षा गस्तीलाई छठ पूजास्थलहरूमा केन्द्रीकृत गरिने भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा गस्ती गर्ने जनाइएको छ। छठ पूजामा मानिसको अत्यधिक भीडभाड हुँदा विभिन्न आपराधिक क्रियाकलाप हुन सक्ने भएकाले सेनाको गस्ती टोलीलाई त्यसतर्फ परिचालन गरिने श्री अरिदमन गण चारआलीले जनाएको छ।

गस्तीमा खटिएका सेनाका फौजले जुवातास खेल्ने, पटाका पड्काउने जस्ता गतिविधि नियन्त्रणमा सहयोग गर्दै आएका छन्। त्यस्तै छठ पूजाको दिन जिल्लाभरि ६ सयभन्दा बढी नेपाल प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बढी भीडभाड हुने भद्रपुरको मेची, कनकाईको बिरिङ, बिर्तामोडको अन्धुवा, दमकको रतुवालगायतका ठाउँमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिने प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । झापाको करिब दुई दर्जन स्थानमा छठ पूजा हुने गरेको छ ।

सम्बन्धित समाचार