२०८३ बैशाख ४ गते , शुक्रबार

सरोज शर्माको हत्या आरोपी सुनिल र राहुलको घरमा तोडफोड, अटोमा आगजनी

sajilo news
झापा
२०८२ कार्तिक १५ गते , शनिबार
सरोज शर्माको हत्या आरोपी सुनिल र राहुलको घरमा तोडफोड, अटोमा आगजनी

झापा शिवसताक्षी १० माईधारका सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुको घरमा पनि तोडफोड भएको छ । हत्या आरोपमा माईधारकै २५ वर्षीय सुनिल साह र अन्दाजी २६ वर्षीय राहुल साह पक्राउ परेका थिए । उनीहरु दुवै जनाको घरमा तोडफोड गरिएको छ । 

उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुवास केसीको कमान्डमा खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरेको हो । आक्रोशित भीडले आज सुनिल साह र राहुल साहको घरमा तोडफोड गरेको छ । त्यस्तै आक्रोशित भीडले श्याम साहको मे १ ह ७२३७ नं को अटोमा आगजनी गरेको छ ।

हुलाकी मार्गअन्तर्गत बिरिङ पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेपछि आक्रोशित भीडले उनीहरुको घरमा तोडफोड गरेको हो । भीडले घरमा आगजनी गर्न खोज्दा प्रहरीले रोकेको छ । शर्माको शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । सो घटनामा ४–५ जनाको संलग्नता रहेको आफन्तले जनाएका छन् ।

सम्बन्धित समाचार