२०८३ बैशाख ४ गते , शुक्रबार
मेची पुलमा ब्राउनसुगरसहित नुवाकोटका युवक पक्राउ
ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । आज साँझ ५ बजे मेचीनगर – ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नुवाकोट किस्पाङ गाउँपालिका ३ बस्ने २७ वर्षीय रामबहादुर तामाङ लागू औषधसहित पक्राउ परेका हुन् ।
उनलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लास्टिकबाहेक १७ ग्राम २०० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । उनलाई लागू औषधसहित नियन्त्रणमा लिई अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।