२०८३ बैशाख ३ गते , विहीबार

मेची पुलबाट 'टुर दि मेची–महाकाली' साइकल यात्रा सुरु हुँदै

sajilo news
झापा
२०८२ कार्तिक २२ गते , शनिबार
मेची पुलबाट 'टुर दि मेची–महाकाली' साइकल यात्रा सुरु हुँदै

विश्व स्वतन्त्रता दिवसको अवसरमा भद्रपुर साइकल समाजले “टुर दि मेची–महाकाली २०८२” साइकल यात्रा गर्न लागेको छ ।साइकल समाजले भोलि बिहान ५:३० बजे भद्रपुर–५ मेची पुलबाट यात्रा सुरु गर्न लागेको हो । 

यात्रामा पाँच जना साहसी साइकल यात्रीहरू- जीवनकुमार श्रेष्ठ, मनोज सिंह, देवीबहादुर श्रेष्ठ, समीर पोखरेल र विश्वचन्द्र महतोले पूर्वी सिमाना मेचीदेखि पश्चिमी सिमाना महाकालीसम्म पेडलमार्फत यात्रा गर्नेछन्।

कार्यक्रमको उद्देश्य भद्रपुरका पर्यटन स्थलहरूको प्रवर्द्धन, साइकल संस्कृतिको विकास, र स्वस्थ जीवनशैली तथा वातावरण संरक्षणप्रति जनचेतना जगाउने रहेको छ। यात्राको मार्ग मुख्य रूपमा महेन्द्र राजमार्ग हुनेछ, र दैनिक करिब १५० किलोमिटर दूरी तय गरिनेछ।

भद्रपुर साइकल समाजले यात्राको सुरक्षित सञ्चालनका लागि देशभरका सुरक्षा निकाय, प्रशासन, ट्राफिक कार्यालय, नेपाली सेना र सञ्चारकर्मीहरूसँग सहयोग र सद्भावका लागि अनुरोध गरेको छ।

अध्यक्ष जीवनकुमार श्रेष्ठका अनुसार, सबैको साथ र समर्थनबाट यो ऐतिहासिक “टुर दि मेची–महाकाली २०८२” सफल बन्ने विश्वास गरिएको छ। 

सम्बन्धित समाचार