२०८३ बैशाख ३ गते , विहीबार

एनपीएलमा जनकपुरलाई हराउँदै काठमाडौंको विजयी सुरुवात

sajilo news
रासस
२०८२ मंसीर १ गते , सोमबार
एनपीएलमा जनकपुरलाई हराउँदै काठमाडौंको विजयी सुरुवात

आजदेखि राजधानीमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स काठमाडौं गोर्खाजसँग पराजित भएको छ। 

काठमाडौंले जनकपुरलाई ५ विकेटले पराजित गरेको हो।  जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्‍यो।

काठमाडौंका बेन चार्ल्सवर्थले ४६ रन र आकाश त्रिपाठीले ३९ रन बनाए। भीम सार्की ३ रनमा आउट भए। मिलिन्द कुमारले १९ रन बनाए। जोन सिमसन पनि १३ रनमा आउट भए। आदिल अन्सारी ८ रन नटआउट रहे।

बलिङमा जनकपुरका किशोर महतो, अनिलकुमार साह, ललित राजवंशी, यान निकोल लोफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक एक विकेट लिए।

त्यसअघि  जनकपुरका लागि १३० रन बनाउने क्रममा आसिफ शेखले अर्धशतकीय पारी खेले। ४१ बल खेलेका उनले ६ चौका र एक छक्का हिर्काए। कप्तान अनिल साह शून्यमा पेभिलियन फर्किए। मयन यादवले अविजित ३१ तथा लाहिरु समाराकुनले २२ रन बनाए पनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । लाहिरु मिलान्थाले ७ तथा सञ्जय कृष्णमुर्ति र जान निकोलले २–२ रन बनाए।

बलिङतर्फ काठमाडौंका मिलिन्द कुमारले ३ र करण केसी, साहब आलम र सन्तोष यादवले एक एक विकेट लिए।प्रतियोगितामा सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ। 

सम्बन्धित समाचार