२०८३ बैशाख ५ गते , शनिबार

एनपीएलमा आज दुई खेल हुँदै

sajilo news
झापा
२०८२ मंसीर २ गते , मंगलबार
एनपीएलमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल आयोजना हुँदै छन्। आज हुने पहिलो खेलमा यसअघि प्लेअफसम्म पुगेका  यात्रा तय गरेका चिवतन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धामा उत्रिँदै छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ। यसअघि गत सिजन तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको चितवनलाई कर्णालीले नै इलिमिनेटरमा २१ रनले हराएका थियो। 

कर्णालीले भने चौथो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको थियो। यस्तै, लिग चरणमा पनि कर्णालीले चितवनविरुद्ध पाँच विकेटको जित निकालेको थियो। 

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ। त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ।

प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर र पोखरा लिग चरणबाटै बाहिरिएका थिए। विराटनगरले पहिलो संस्करण पाँचौँ र पोखराले सातौँ स्थानमा रहँदै टुंग्याएको थियो।

पहिलो संस्करणमा यी दुई टिमबीच भेट हुँदा पोखराविरुद्ध विराटनगरले सुपर ओभरमा जित निकालेको थियो। 

यसअघि, प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डू गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध पाँच विकेटको जित निकालेको थियो।

 

 

सम्बन्धित समाचार