२०८३ बैशाख ४ गते , शुक्रबार
इलाममा ब्राउन सुगरसहित चार जना पक्राउ
इलाममा लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम नगरपालिका-७ बस्ने २१ वर्षीय छिरिङ दोर्जे लामा, इलाम ६ बस्ने वर्ष ३५ वर्षीय केशव दाहाल , इलाम ६ बस्ने २७ वर्षीय मौसम राई र इलाम ५ बस्ने २३ वर्षीय सौरभ लुङ्गेली मगर रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलाम र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । लामाको साथबाट ८.०७० ग्राम ब्राउन सुगर, नगद ६९ हजार ४०० रुपैयाँ बरामद भएको थियो ।
पक्राउ परेका चार जनालाई इलाम जिल्ला अदालत, इलामबाट हिजोदेखि लागु हुने गरी ८ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।