२०८३ बैशाख ३ गते , विहीबार

चितवन राइनोजलाई जनकपुर बोल्ट्सले ६ विकेटले हरायो

sajilo news
काठमाडौं
२०८२ मंसीर १६ गते , मंगलबार
चितवन राइनोजलाई जनकपुर बोल्ट्सले ६ विकेटले हरायो

चितवन राइनोजलाई जनकपुर बोल्ट्सले ६ विकेटले हराएको छ। टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले ४ विकेट गुमाएर १७६ रन बनाएको थियो। १७७ रन लक्ष्य पाएर मैदानमा उत्रिएको जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो।

जनकपुरका लागि माझ सदाकतले सर्वाधिक ६३ रन बनाए भने अनिल साहले ६१ रनको योगदान दिए। आशिफ शेख १८, जन निकोल लफ्टी इटन ११ रन बनाएर आउट भए। आदित्य महताले १८ रनमा नटआउट रहे। चितवननका लागि कमल सिंह ऐरी, सोहेल तान्विर र अमर रौटेलाले समान एक एक विकेट लिए।

चितवनका लागि डेविड मलनले सर्वाधिक ८० रन बनाए। अर्जुन साउदले ५२ रनको योगदान दिँदा रवि बोपरा र सैफ जैवले क्रमश ३ र ७ रन बनाए। कुशल मल्लले अविजित ३० रन बनाए। जनकपुरका लागि माझ सदाकत, अनिल साह, रुपेश सिंह र जन निकोल लफ्टी इटनले समान एक एक विकेट लिए।

सम्बन्धित समाचार