२०८३ बैशाख ३ गते , विहीबार

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

sajilo news
रासस
२०८२ मंसीर १७ गते , बुधबार
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ ।  अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ।
 

नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विनिमय दर  अनुसार अमेरिकी डलर एकको खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्री दर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिद दर १६६ रुपैयाँ ५७ पैसा र बिक्री दर १६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८९ रुपैयाँ ४३ पैसा र बिक्री दर १९० रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १७८ रुपैयाँ ३३ पैसा र बिक्री दर १७९ रुपैयाँ ०७ पैसा कायम गरिएको छ।
 
अष्ट्रेलियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९६ पैसा र बिक्री दर ९४ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०२ रुपैयाँ ४२ पैसा र बिक्री दर १०२ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११० रुपैयाँ ५६ पैसा र बिक्री दर १११ रुपैयाँ ०२ पैसा तोकिएको छ।
 
जापानी येन १० को खरिद दर नौ रुपैयाँ २० पैसा र बिक्री दर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिद दर २० रुपैयाँ ३० पैसा र बिक्री दर २० रुपैयाँ ३८ पैसा , साउदी अरेबियन रियाल एकको खरिद दर ३८ रुपैयाँ २३ पैसा र बिक्री दर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिद दर ३९ रुपैयाँ ३८ पैसा र बिक्री दर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ।
 
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ४८ पैसा र बिक्री दर चार रुपैयाँ ५० पैसा, यूएई दिराम एकको खरिद दर ३९ रुपैयाँ ०७ पैसा र बिक्री दर ३९ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३४ रुपैयाँ ७२ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ७७ पैसा र बिक्री दर ९ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ १७ पैसा र बिक्री दर १५ रुपैयाँ २३ पैसा  र डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ ३० पैसा र बिक्री दर २२ रुपैयाँ ४० पैसा तोकिएको छ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ४३ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिद दर ४६७ रुपैयाँ ४६ पैसा र बिक्री दर ४६९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिद दर ३८० रुपैयाँ ६४ पैसा र बिक्री दर ३८२ रुपैयाँ २३ पैसा , ओमनी रियाल एकको खरिद दर ३७२ रुपैयाँ ७२ पैसा र बिक्री दर ३७४ रुपैयाँ २८  पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
                                           
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

सम्बन्धित समाचार