२०८३ बैशाख ३ गते , विहीबार

सुन किन्ने बहानामा पसलेमाथि गोली हान्ने मोटरसाइकल छाडेर फरार

sajilo news
झापा
२०८२ मंसीर २० गते , शनिबार
सुन किन्ने बहानामा पसलेमाथि गोली हान्ने मोटरसाइकल छाडेर फरार

दाङको लमहीमा सुन किन्ने बहानामा आएका अज्ञात हतियारधारीले पसलेमाथि गोली हानेका छन्।आज अपराह्न १:३० बजेको समयमा मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर भागेका दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

गोली हानेपछि उनीहरू मोटरसाइकल छाडेर भागेका पनि बस्नेतले बताए।​ लमही नगरपालिका-५ स्थित जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलेको प्रहरीले जनाएको छ। 

पसल सञ्चालक १६ वर्षीय दीपक सुनार घाइते भएका छन्। उनको घाँटी नजिक गोली लागेको पनि प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार