२०८३ बैशाख ३ गते , विहीबार

प्रतिनिधिसभा निर्वाचन : झापा निर्वाचन क्षेत्र १, ४ र ५ बाट काँग्रेस उम्मेदवारको नाम सिफारिस

sajilo news
झापा
२०८२ मंसीर २३ गते , मंगलबार
प्रतिनिधिसभा निर्वाचन : झापा निर्वाचन क्षेत्र १, ४ र ५ बाट काँग्रेस उम्मेदवारको नाम सिफारिस

आगामी फागुन २१ मा हुन लागेको निर्वाचनका लागि झापाका तीनवटा निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेद्वारहरुको नाम सिफारिस भएको छ । झापा क्षेत्र नं १ , ४ र ५ बाट काँग्रेसका प्रत्यक्ष तथा समानुपातिक उम्मेद्वारहरुको नाम सिफारिस गरिएको हो । झापा १ मा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं ४ मा जिल्ला सभापति देउकुमार थेबेसहित तीन जना र क्षेत्र नं ५ मा अइन्द्रविक्रम केरुङसहित ७ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको हो ।

आगामी फागुन २१ मा हुन लागेको निर्वाचनका लागि नेपाली काँग्रेस झापा क्षेत्र नं –१ ले प्रत्यक्षतर्फ विश्वप्रकाश शर्माको एकल नाम सर्वसम्मतले पठाएको छ भने समानुपातिकतर्फ नारायण गिरी, राम कट्टेल, खड्गबहादुर धिमाल, गोमा भट्टराई , शोभा नेम्बाङ र राधा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको छ।

त्यस्तै नेपाली काँग्रेस झापा क्षेत्र नं –४ ले प्रत्यक्षतर्फ जिल्ला सभापति देउकुमार थेबे , उत्तम चम्लागाई र धनमाया चिमरियाको नाम पठाएको छ । त्यस्तै समानुपातिकतर्फ सन्तोष मेन्याङ्वो , टंकबहादुर विक , सुन्दर बेस्रा , सूर्यनारायण ताजपुरिया र मथुरा श्रेष्ठ गरी ४ जनाको नाम पठाइएको क्षेत्रीय सभापति जयनारायण शाहले बताए ।

त्यस्तै नेपाली काँग्रेस झापा क्षेत्र नं –५ ले प्रत्यक्षतर्फ अइन्द्रविक्रम केरुङ , पदमबहादुर पौडेल , मन्दरा पौडेल चिमरिया , देवीप्रसाद दाहाल , मेदनीप्रसाद सिटौला , ,सिरम कार्की र खगेन्द्रप्रसाद पाण्डव अधिकारी गरी ७ जनाको नाम पठाएको छ । त्यस्तै समानुपातिकतर्फ सुरेश सुब्बा , महिन्द्राकुमारी लिम्बू , भूमिराज राई , दिलीप राई , सत्यनारायण चौधरी , चन्द्रा खड्का भट्टराई , कृष्ण धिमाल , रोहित शाह , अम्बर बराइली , नीरज अग्रवाल , भीममाया उप्रेती भुजेल, मेनुका बुढाथोकी र रामकुमारी पौडेल गरी १३ जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले जानकारी दिएका छन् । झापा क्षेत्र नं २ र ३ ले भोलि नाम सिफारिस गर्ने जनाएका छन् ।

सम्बन्धित समाचार