२०८३ बैशाख ३ गते , विहीबार

मेची पुलमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

sajilo news
झापा
२०८२ मंसीर २५ गते , विहीबार
मेची पुलमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

भद्रपुर–५ स्थित मेची पुलमा प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको मे १० प ६७८० नम्बरको मोटरसाइकलमालाई चेकजाँच गर्दा लागुऔषध फेला पारेको थियो । प्रहरीले मोटरसाइकलका चालक भारत दार्जिलिङ श्याम धनजोते बद्राजोतेका ६१ वर्षीय गोपाल वैद्यलाई पक्राउ गरेको हो ।

वैद्यले लगाएको हापपेन्टको गोजीमा प्लास्टिकको पोका पारी लुकाइ ल्याएको ब्राउ सुगर जस्तो देखिने प्लास्टिक बाहेक ३ ग्राम ७३० मिलिग्राम लिसाईलो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार